पत्रिकामा नाम छापिएपछि उर्जा मन्त्रालय पुगेर प्रष्टिकरण पत्र बुझे प्राधिकरणका ३ सञ्चालकले

बिजमाण्डू
२०७३ मंसिर २२ गते १६:१६ | Dec 7, 2016
काठमाडौँ । उर्जा मन्त्रालयबाट प्रष्टिकरणको पत्र बुझ्न अश्विकार गरेका नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकले पत्रिकामा नाम छापिएपछि मन्त्रालय पुगेका छन्।
 
उर्जा सचिव अनुपकुमार उपाध्यायको कार्यालयमा गइ उनीहरुले प्रष्टिकरणको पत्र बुझेका हुन्। यसअघि मन्त्रालयले उनीहरुको कार्यालय एवं घरमा पत्र पठाउँदा समेत बुझ्न अश्विकार गरेका थिए।

Tata
GBIME
Nepal Life


 

त्यसपछि उनीहरुले सार्वजनिक सूचना मार्फत सात दिने प्रष्टिकरण सोधिएको थियो।
 
प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले प्राधिकरण सुधार अभियानमा अवरोध गरेपछि मन्त्रालयले कारबाही थालेको थियो।
 
उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघि सारेको प्राधिकरण सुधार एवं कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्ताव बोर्डबाट पारित गर्न दिएका थिएनन्। उल्टो बोर्डको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरि घिसिङ बिरुद्ध प्रचार गराएका थिए।
 
त्यसपछि मन्त्रालयले उनीहरुलाई कारबाही थालेको हो। बुधबार लामिछाने र मिश्र उर्जा मन्त्रालय पुगेका थिए। मिश्रले अग्रवालको चिठी पनि आफैंले पुर्या इदिने भनेर लिएर गएको स्रोतले बतायो।