आर्इएमर्इ र अक्सिजन इण्डियाबीच रेमिटेन्स सेवा सुरु, भारतबाट सहज रुपमा रेमिटेन्स पठाउन सकिने

बिजमाण्डू
२०७३ मंसिर २२ गते १६:२१ | Dec 7, 2016
काठमाडौं। आईएमई र अक्सिजन सर्भिस इण्डियाबीच औपचारिक रेमिटेन्स सेवा शुरु भएको छ । भारतका ३० हजारभन्दा बढी सेवा केन्द्र मार्फत रेमिटेन्स सेवा दिँदै आएको अक्सिजन इण्डिया र  आईएमईबीच भएको सम्झौंताले नेपाल-भारतबीचको रेमिटेन्सलाई संस्थागत र औपचारिक बनाउने दाबी गरिएको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले डिजिटल फाईनान्सियल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डियासँगको सहकार्यले भारतबाट औपचारिक रुपमा रकम ल्याउन सहज हुने बताए।

उनले भारतमा परिश्रम गरेर कमाएको रकम सहज रुपमा नेपाल भित्र्याउन सकिने बताएकार्यक्रममा अक्सिजनका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको बताउँदै यो सेवाले भारतमा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
 

आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिंग साझेदार हुन । अक्सिजन आरबीएल बाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो जसले वार्षिक ६ करोडभन्दा बढी कारोबार गर्दै आएको छ ।