४१ वटा शेयर ब्रोकर तत्काल निम्न स्थानमा शाखा खोल्न तयार,धेरैको रोजाइ बनेपा, इटहरी र बुटवल (सूची)

बिजमाण्डू
२०७३ पुष १२ गते २१:१८ | Dec 27, 2016
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुमति दिने संकेत गरेपछि ४१ शेयर ब्रोकरले तत्काल शाखा खोल्ने स्थान छनौट गरेका छन्।
 
ब्रोकरहरुले संस्थागत रुपमानै स्थान छनौट गरि नेप्सेमा अनुरोध गरेका हुन्। ब्रोकरको अनुरोधपछि नेपाल धितोपत्र बोर्डलाई स्वीकृतिकालागि आग्रह गरेको नेप्सेले जनाएको छ। 
 
स्टक ब्रोकर एसोसिएसनले नै शाखा खोल्न बाँकी रहेका कम्पनीले चाहेको स्थानसहित नेप्सेमा सिफारिस गरेका थिए। अहिलेसम्म नौ ब्रोकर कम्पनीले शाखा विस्तार गरिसकेका छन्। 
 
४१ कम्पनीमध्ये पाँच/पाँच वटाले बनेपा, इटहरी र बुटवलमा शाखा स्थापना गर्ने इच्छा देखाएका छन्। यस्तो चार/चारवटाले बिराटनगर, वीरगन्ज, बिर्तामोड र  पोखरामा शाखा खोल्न अनुमति माग गरेका छन्। 

Tata
GBIME
Nepal Life

४१ ब्रोकर कम्पनीले शाखा खोल्न चाहेको स्थान-