इन्टेक्सका ५० बिक्रेता थाइल्याण्ड भ्रमणमा, धेरै बिक्री गर्नेले पाए 'प्राेत्साहन प्याकेज'




काठमाडौं । भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सीजी इम्पेक्स् प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारीलाई थाइल्याण्ड पठाएको छ ।



इन्टेक्स मोबाईल कम्पनीका मोबाईलको स्किमअनुसारको लक्ष्य पूरा गर्दै सबैभन्दा धेरै बिक्री गर्ने देशभरका उत्कृष्ट ५० जनालाई ४ रात ५ दिनको लागि थाइल्याण्डको बैंकक र पटायामा बिक्रेताहरुको भेला र भ्रमणका लागि पठाएको हो ।

थाइल्याण्ड पठाएका बिक्रेता तथा कर्मचारीहरुले भेला र भ्रमणपछि बिक्री वितरण तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्टेक्स स्मार्ट फोनको बजार व्यवस्थापन हेर्ने कुसुम लामा योन्जनले जानकारी दिए ।

चौधरी ग्रुप अन्तर्गत रहेको इन्टेक्स स्मार्ट फोनको सिजी इम्पेक्स् प्रालिले नेपालभर वितरण गर्दै आएको छ ।

Share this Story

   

इन्टेक्सका ५० बिक्रेता थाइल्याण्ड भ्रमणमा, धेरै बिक्री गर्नेले पाए 'प्राेत्साहन प्याकेज' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.