अमेरिकी स्मार्टफोन इन्फोकस नेपाली बजारमा, १३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामरा

बिजमाण्डू
२०७३ पुष २० गते ११:३५ | Jan 4, 2017
अमेरिकी स्मार्टफोन इन्फोकस नेपाली बजारमा, १३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामरा
काठमाडौं। अमेरिकी स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा बिक्री सुरु भएको छ ।यो मोबाइलको आधिकारिक बिक्रेता प्रिजम इन्टरप्राइजेजले बिक्री सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार मोबाइलमा ५.५ इन्चको फूल एचडी डिस्प्ले छ। स्मार्टफोनमा १.३ गिगा हर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग भएको यो मोबाइल आकर्षक, स्लीम र मेटल बडी छ।

कम्पनीका अनुसार  दुर्इ जीबी र्याम प्रयोग गरिएको यो स्मार्टफोनमा १६ जीबी आन्तरिक  मेमोरी रहेको छ । कम्पनीका अनुसार यसलार्इ ६४ जिबी सम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ ।

१३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामेरा प्रयोग गरिएकाले सेल्फि खिच्दा आकर्षक तस्विर आउँछ। यो मोबाइलमा फोरजी सर्पोट गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार एन्ड्रोइड मार्सम्यालो ६.० अपोरेटिङ्ग सिस्टममा रहेको मोबाइलमा २६०० एमएचको ब्याट्री छ ।मोबाइलको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ छ।