राजधानीमा क्यान सफ्टटेक समिट, मोफसलमा प्रविधि विस्तार गर्न मुख्यसचिवको सुझाव

बिजमाण्डू
२०७३ पुष २२ गते १६:३४ | Jan 6, 2017

काठमाडौं। राजधानीमा पहिलो 'क्यान सफ्टटेक समिट २०१७' आयोजना भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले सफ्टवेयर समिट आयोजना गरेकाे हाे।

Tata
GBIME
Nepal Life

योमरी सफ्टवेयर टाइटल स्पोन्सर रहेको समिटमा नेपाली सफ्टवेयर कम्पनीहरुलाई प्रवर्द्धन गर्न एकदिने समिट आयोजना गरिएको क्यान महासंघका अध्यक्ष विनोद ढकालले बताए। नेपाली सफ्टवेयरलाई प्रवद्धन गरी नेपालका सफ्टवेयर ब्राण्ड र कम्पनीहरुलाई विश्वबजारमा लैजानका लागि यस्ता प्लाटफर्मले ठूलो भूमिका खेल्ने उनकाे भनाइ छ।

कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव सोमलाल सुवेदीले प्रविधिलाई काठमाण्डौवाट विकेन्द्रित गर्नुपर्ने बताए। उनले देश विकासकालागि प्रविधि अपरिहार्य रहेको भन्दै क्यान महासंघलाई त्यसको नेतृत्व गर्न सुझाव दिए।

समिटमा नेपालका नौवटा सफ्टवेयर डेभलपर कम्पनीले भाग लिएका छन्। नेपालमा भारतीय सफ्टवेयर कम्पनीको दवदवा रहेको अवस्थामा बैङ्क, फाइनान्स लगायत कुनैपनि क्षेत्रसँग सम्बन्धित सफ्टवेयर निर्माण गर्न नेपाली कम्पनीहरु सक्षम रहेको इन्फो डेभलपर्स प्रालिका सिइओ उमेश रघुवंशीले बताए।

कार्यक्रममा योमरी सफ्टवेयरका  अध्यक्ष दिपेश प्रधानले नेपाली सफ्टवेयर कम्पनीहरु अन्तराष्ट्रिय मान्यता (आइएसओ) सर्टिफाइड रहेका कारण सरकारी निकाय, वित्तिय क्षेत्र तथा निजी क्षेत्रलाई ढुक्क भएर प्रयोग गर्न आग्रह गरे।