Snickers

पुसको चिसो साँझमा नेपथ्यले यसरी ततायो टुँडिखेल, चिसोमा रमाउन सयौं उपस्थित




काठमाडौँ ।पुसको चीसो साँझ। टुँडिखेल तताउने सुर कस्दै थियो नेपथ्य। 
 

'आकाशैबाट के उडी आयो
भेडाको ऊन जस्तो...'
 

सुरुवात भने अमृत गुरुङले चिसो सम्झाउने गीतले गरे। हिउँलाई भेडाको ऊनसँग तुलना गरिएको यो लोकगीत अरुले पनि गाएका छन्। तर जब अमृतको गलाबाट त्यो गुञ्जन्छ, माहौल बदलिन्छ। चिसो सम्झाउँदै नाच्न बाध्य बनाउँछ। नाचेपछि चिसो हराउँछ। 
 

त्यसैले त पुसको यो चिसो साँझमा नेपथ्यको कन्सर्टमा रमाउन सयौँ उपस्थित थिए। 
 
'तालको पानी, माछीले खानी...'
 
अर्को डान्स नम्बर जसमा अमृतले बस्यो भन्दा दर्शक बसे, उठ्यो भन्दा दर्शक उठे। उठ्यो बस्यो गर्दा टुँडिखेल धुलो उड्यो तर मस्त थिए सब। कसैलाई वास्ता थिएन। 
 
जब उनले गाए 'रातो र चन्द्र सूर्य...' सबले हात उठाएर राष्ट्रभक्ति दर्शाए। 
 
नेपथ्यले आफ्ना सबै लोकप्रिय गीत कन्सर्टमा गाए भने पहिलो पटक काठमाडौँका दर्शकका लागि सरुभक्तको गीत प्रस्तुत गरे-
 
‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन
बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’


Share this Story

   

पुसको चिसो साँझमा नेपथ्यले यसरी ततायो टुँडिखेल, चिसोमा रमाउन सयौं उपस्थित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.