तीन बर्षभित्र डेबिट/क्रेडिट कार्ड हराउने, २०२० बाट ‘बुढि औंला’ ले गर्छ वित्तीय कारोबार

बिजमाण्डू
२०७३ पुष २४ गते १२:२० | Jan 8, 2017
तीन बर्षभित्र डेबिट/क्रेडिट कार्ड हराउने, २०२० बाट ‘बुढि औंला’ ले गर्छ वित्तीय कारोबार


नयाँ दिल्ली। आगामी तीन बर्षभित्र डेबिट/क्रेडिट कार्ड, एटिएम र पिओएस मसिन लोप भएर जाने प्रक्षेपण गरिएको छ।

Tata
GBIME
Nepal Life

भारत सरकारले ५०० र १००० दरका भारु प्रतिबन्ध लगाउँदै डिजिटल कारोबारलाई प्राथमिकतामा राखिरहेका बेला नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले २०२० भित्र डेबिट/क्रेडिट कार्ड पनि हराउने बताएका हुन्।

प्रधानमन्त्रीले अध्यक्षता गर्ने योजना आयोगलाई पुनर्संरचना गरेर बनाइएको नीति आयोगका प्रमुख कार्यकारी कान्तले अब सन्सार औंलाका भरमा चल्ने बताएका हुन्।

प्रवाशी भारतीय दिवश २०१७ को उद्घाटन कार्यक्रममा बोल्दै कान्तले अब कुनै पनि किसिमको आर्थिक लेनदेन 'वुढि औंला' को प्रयोगका भरमा चल्ने बताए। सन्सारभरमै सुचनाप्रविधिमा नयाँ नयाँ क्रान्ति भइरहेको बताउँदै उनले भारत त्यसमा अझ अगाडि रहेको बताए।

कान्तले भने- सुचना प्रविधिका क्षेत्रमा हामी निकै अगाडि छौं। त्यही भएर अबको तीन बर्षमा सबै कारोबार औंलाबाट हुने छ। उनले वढिमा ३० सकेन्डभित्र औंला चलाएका भरमा वित्तीय कारोबार हुने दावी प्रस्तुत गरे।