इन्टेक्सको लेटेस्ट स्मार्टफोन 'क्यू सेभेन एन् प्रो' बजारमा, वायरलेस हेडसेट उपहार पाइने




काठमाडाैं। इन्टेक्सले नयाँ स्मार्टफाेन सार्वजनिक गरेकाे छ । इन्टेक्सकाे क्यू सेभेन एन् प्राे  थाइल्याण्डकाे बैंककबाट सार्वजनिक भएकाे हाे ।


नेपालमा इन्टेक्सका अाधिकारिक बिक्रेता कम्पनी चाैधरी ग्रुपका वरिष्ठ सामान्य प्रबन्धक रमेश श्रेष्ठले  याे स्मार्टफाेन सार्वजनिक गरेका हुन्।कार्यक्रममा सार्कस्तरीय इन्टेक्स प्रमुख जयस सिन्हाले ग्राहकहरूको चाहनाअनुसार स्मार्टफोन अझै प्रभावकारी ढंगले आउने बताए । इन्टेक्सले ग्राहकहरूलाई दिने सेवालाई सँधै उच्च प्राथमिकता राखेको सिन्हाकाे भनाइ छ ।

कम्पनीले लेटेस्ट स्मार्टफाेन क्यू सेभेन एन् प्राे बनावट र प्रविधिको आधारमा उत्कृष्ट भएकाे दावी गरेकाे छ । याे स्मार्टफाेनकाे खरिदमा वायरलेस हेडसेट सित्तैमा पाउने कम्पनीले जनाएकाे छ ।

थाइल्याण्डमा नेपालका ५५ जना बिक्रेता र कम्पनीका कर्मचारीमाझ याे स्मार्टफाेन लञ्च गरिएकाे थियाे । कार्यक्रममा २०७२\०७३ सालमा भएकाे बिक्रीका अाधारमा  सर्वाधिक बिक्रेताहरूलाई सम्मान गरिएकाे कम्पनीले जारी गरेकाे प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

Share this Story

   

इन्टेक्सको लेटेस्ट स्मार्टफोन 'क्यू सेभेन एन् प्रो' बजारमा, वायरलेस हेडसेट उपहार पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.