महिन्द्राको इलेक्ट्रिक कार र्इटुओ-२० स्पोर्टज बजारमा, मूल्य २६ लाख रुपैयाँ

बिजमाण्डू
२०७३ पुष २७ गते ०८:२१ | Jan 11, 2017
महिन्द्राको इलेक्ट्रिक कार र्इटुओ-२० स्पोर्टज बजारमा, मूल्य २६ लाख रुपैयाँ
काठमाडौं।अग्नि इनर्जीले महिन्द्रा कम्पनीको इलेक्ट्रिक भेहिकल र्इटुओ-२० स्पोर्टजको बिक्री सुरु गरेको छ।अग्नि महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता हो। यो गाडीको मूल्य २६ लाख रुपैयाँ छ।

Tata
GBIME
Nepal Life


यो कारमा डुअल एयरव्याग,एविएस, फास्ट चार्जिङ्ग तथा रियर वाइपर रहेको कम्पनीले जनाएको छ। १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि रहेको कम्पनीले जनायो। लेदर सिट, प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल रहेको कम्पनीले जनाएको छ।यो कारले प्रतिघण्टा एक सय किलोमिटर स्पीड क्षमता छ।


महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले भने – “इलेक्ट्रिक भेहिकल प्रतिको लोकप्रियता बढ्दै गएको पाएको छु । त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन् ।