Snickers

लक्ष्मीको बाेनस शेयर प्रोफेसनलका लगानीकर्तालाई पनि, हकप्रदपछि ३८ प्रतिशत वोनस घोषणा


काठमाडौं। लक्ष्मी बैंकले शेयरधनीलाई ३८ प्रतिशत बोनश शेयर दिने भएको छ। बैकको बुधबार बसेको संचालक समिति बैठकले बाेनस शेयर दिने निर्णय गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांश प्रोफेसनल दियालो विकाश बैंकका शेयरधनीले पनि पाउँछन्। लक्ष्मीले प्रोफेसनललाई खरिद गरेपछि हकप्रद शेयर जारी गर्छ। कायम चुक्ता पूँजीमा उसले शतप्रतिशत हकप्रद शेयर दिने साधारणसभाबाट पारित गरिसकेको छ।

हकप्रद वितरणपछि कायम चुक्ता पूँजीमा बैंकले बाेनस शेयर दिने भएको हो। त्यसबेला कायम चुक्ता पूँजीसँग समायोजन गर्दा लक्ष्मीले घोषणा गरेको ३८ प्रतिशत बाेनस शेयर १८.२९ प्रतिशत हुन आउँछ।

प्रोफेसनललाई लक्ष्मीले प्रति कित्ता ५० रुपैयाँका दरले किनेको हो। हकप्रद र बोनसपछि लक्ष्मीको चुक्ता पूँजी सात अर्ब ४५ करोड पुग्ने छ।

Share this Story

   

लक्ष्मीको बाेनस शेयर प्रोफेसनलका लगानीकर्तालाई पनि, हकप्रदपछि ३८ प्रतिशत वोनस घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.