पूर्वी यूरोपभरी ठूलो हिमपात, ठण्डीका कारण बस र रेल सेवा ठप्प, विद्युत आपूर्ति समेत बन्द




रोमानिया। पूर्वी यूरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिकी कष्टकर हुँदै गइरहेको जनाइएको छ। मुठ्ठी जस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरी माथि थुपरी लागेर आइरहेका छन्।
 

अति कठ्याङ्ग्रिनुपर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भै दिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौँ मानिसलाई चिन्तित तुल्याएको छ।
 
यस वर्षको कडा ठण्डीले यूरोप भर कम्तीमा ६५ जनाको ज्यान लिइसकेको छ। आज मात्र कडा ठण्डी कै कारण पोल्यान्डमा दुई जनाको मृत्यु भएको जनाइएको छ। 
 
त्यस्तै आज बिहानैदेखि रोमानियामा सुरु भएको हिमपात, खपिनसक्नुको जाडो र चीसो हावाका कारण १३० गन्तव्यतर्फ जाने सडक यातायात ठप्प भएका छन् भने रेलहरू राम्ररी चल्न नसक्दा सबैतिर जनजीवन अस्तब्यस्त बनेकाे छ ।
 
शीघ्र यातायात सेवा (कम्म्युटर), मध्यम तथा लामो दूरीका हजारौँ बस तथा मिनीबसहरू यातायात सञ्चालन गर्न नसकी सुरुङ्गमार्ग (सब–वे) मा आश्रय लिई रोकिरहन बाध्य छन् । सडकभरी तथा यत्रतत्र हिउँ जमेकाले हिमक्रिडा (स्की) का अनगिन्ती सौखिनहरू कतैकतै बडो रमाएर खेलिरहेका पनि देखिन्छन्। 
 
त्यस्तै, सर्बियामा पनि कठ्याङ्ग्रिने ठण्डीले छ जनाको ज्यान लिएको छ। त्यहाँका सरकारी अधिकारीहरूले भारी हिमपात भइरहेका क्षेत्रका बस्तीबाट १३० जनालाई उद्धार गरी अन्तै लगेका छन्। 
 
बाटोघाटोको हिउँमा फसेका यात्रुहरूको उद्धार गर्न बिशेष प्रकारका दर्जनौँ गाडी परिचालन गरिएको छ । हिमपातबाट नराम्ररी प्रभावित रोमानिया र सर्बियाका सबै स्थानका विद्यालय अनिश्चितकालका लागि बन्दसमेत गरिएका छन्। 
 

Share this Story

   

पूर्वी यूरोपभरी ठूलो हिमपात, ठण्डीका कारण बस र रेल सेवा ठप्प, विद्युत आपूर्ति समेत बन्द को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.