snickers

शेयर बजारमा न्यून अ‌ंकको बृद्धि, कारोबार रकम नबढेपनि खानीखोलाको मूल्य १०% बढ्यो




काठमाडौं। साताको अन्तिम दिन नेप्से परिसूचक न्यून अंकले बढेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर १४७९.८६ अंकमा पुगेको छ।
बजार हरियो भए पनि कारोबार रकमले बिहीबार पनि  सपोर्ट गर्न सकेन।

विश्लेषकहरुले एफपीओ, अईपिअाेसंगै बजारमा तरलताको समस्या कायमै रहेकाले कारोबार रकम बढ्न नसकेको बताउँदै आएका छन्।
स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष अन्जनराज पौडेलले हिजोदेखि एनएलअाइसीको एफपीओ सुरु भएकाले  कारोबार रकममा प्रभाव परेको बताए। उनले भने, “पुस मसान्तपछि तरलता समस्या केहि समाधान भएमा कारोबार रकम बढ्न सक्ला’। 

दिनभरमा १ सय २० कम्पनीको दुई हजार ४ सय ४३ कारोबारबाट ३२ करोड २७ लाख  रुपैयाँ बराबरका २६ लाख कित्ता शेयर किनबेच भए।
बुधबारबाट कारोबार सुरु भएको खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको मूल्य सबैभन्दा बढी करिब १० प्रतिशतले बढ्यो। कर्णाली विकास बैंकको मूल्य सबैभन्दा बढी घटेको छ। कर्णालीको मूल्य करिब १० प्रतिशतलेनै घटेको हो।

कारोबार भएका ७ उपसूचक मध्ये, २ उपसूचक होटल र अन्य उपसुचक ओरालो लागे भने बैंकिंग, विकास बैंक, हाइड्रोपावर, वित्तीय र बीमा उपसूचक उकालो लागे।


Share this Story

   

शेयर बजारमा न्यून अ‌ंकको बृद्धि, कारोबार रकम नबढेपनि खानीखोलाको मूल्य १०% बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.