त्रिभुवन विमानस्थलको एक्स रे मेशिनमा वीरअस्पतालका कर्मचारी! 'जनशक्तिनै पाइदैन'




काठमाडौं । गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएसँगै अहिले चौतर्फी रुपमा विमानस्थलको सुरक्षासंयन्त्रमाथि प्रश्न उठेको छ। यतिका परिमाणमा तस्करले सुन छिराउँदा पनि विमानस्थल भन्सारका कर्मचारी के हेरेर बसेका थिए? धेरैका मनमा यही प्रश्न उब्जिएको छ।
 

विमानस्थलभित्र रहेका एक्स रे मेसिनले नै पत्ता नलगाउने गरी तस्करले के प्रविधि अपनाउने गरेका छन् त?
 
भन्सार विभागका प्रमुख शिशिर ढुंगाना विमानस्थलमा एक्स रे मेसिनमा खटिने कर्मचारी र प्रविधिको अभाव भएकाले तस्करले सहजै नयाँ प्रविधिको प्रयोग गरेर सुन छिराएको हुन सक्ने बताउँछन्। उनले भने, 'एक्सरे सम्बन्धी तालिमप्राप्त कर्मचारीको अभाव छ, कहिलेकाहीँ त वीर हस्पिटलमा एक्स रेमा काम गर्ने कर्मचारी ल्याएर पनि काम गराउनुपर्ने बाध्यतामा छौं।'
 
विमानस्थलमा एक्स रे सम्बन्धी तालिमप्राप्त १३ कर्मचारी रहेका छन्। उनीहरु दैनिक तीन सिफ्टमा काम गर्छन्। 'कतिपयको बिदा र बिरामी पर्दा कर्मचारीको अभाव खट्किने गरेको छ,' उनले भने, 'पटक पटक लोकसेवाबाट एक्स रे सम्बन्धी कर्मचारी माग गर्दा समेत पाउन मुस्किल भएको छ।'
 
विमानस्थलमा रहेका एक्स रे मेसिन पुराना भएका छन्। होल बडी चेक गर्ने मेसिन समेत छैन। 'तस्करले सुन वा कुनै पदार्थमा कार्बन टेप लगाएर ल्याए मेसिनले डिटेक्ट नै गर्दैन,' ढुंगाना भन्छन्, 'तस्करले नयाँ प्रविधि अपनाउँछन्, हामी पुरानै प्रविधिमा छौँ।'११ करोड ९५ लाख लगानीमा नयाँ एक्स रे मेसिन ल्याउन विमानस्थलले टेन्डर गरिसकेको उनले जानकारी दिए।

Share this Story

   

त्रिभुवन विमानस्थलको एक्स रे मेशिनमा वीरअस्पतालका कर्मचारी! 'जनशक्तिनै पाइदैन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.