काठमाडौंकै अग्लो चन्द्रागिरिमा हुँदैछ कन्सर्ट, केबलकारमा जानेलार्इ प्रवेश निशुल्क

बिजमाण्डू
२०७३ पुष २९ गते १७:३५ | Jan 13, 2017
काठमाडौंकै अग्लो चन्द्रागिरिमा हुँदैछ कन्सर्ट, केबलकारमा जानेलार्इ प्रवेश निशुल्क
काठमाडौं।काठमाडौंको सबैभन्दा अग्लो ठाउँमा गएर राजधानीवासीले नाच्न पाउने भएका छन्।शनिबार काठमाडौं नजिकै रहेको चन्द्रागिरि डाँडोमा कन्सर्ट हुने भएको छ।चन्द्रागिरि हिल्सले माघे संक्रान्तिको अवसरमा कन्सर्ट गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कन्सर्टमा दीपक बज्राचार्य,चर्चित जादुगर महादेव त्रिपाठी र अन्य प्रस्तुती हुने कम्पनीले जनाएको छ।शनिबार अपरान्ह १२ बजेबाट सुरु हुनेछ।केवलकारमा जाने सबैले कन्सर्टमा निशुल्क प्रवेश पाउने कम्पनीले जनाएको छ।