१५ दिनदेखि लगातार बढिरहेछ सुनको भाउ, तोलाको ५४ हजार सात सय पुग्यो, चाँदीमा सामान्य बृद्धि

बिजमाण्डू
२०७३ माघ २ गते १२:२२ | Jan 15, 2017

काठमाडाैं। १५ दिनदेखि लगातार बढेको सुनकाे भाउ नेपाली बजारमा आज पनि उकालाे नै लाग्याे । शुक्रबारको तुलनामा प्रति तोला एक सय रुपैँयाको वृद्धि हुँदै  सुनको मूल्य ५४ हजार सात सय रुपैँया पुगेको छ ।

छापावाल सुनसंगै तेजाबी सुनमा पनि समान एक सय रुपैँयामा वृद्धि भएको छ । तेजाबी सुन एक सय रुपैँया वृद्धि संगै ५४ हजार चार सय ५० रुपैँया पुगेको छ ।
चाँदीमा  पनि सामान्य वृद्धि भएको छ । प्रति तोला ५ रुपैँया बृद्धि संगै सात सय ९० रुपैया प्रति तोला मूल्य कायम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life

यसैगरी आजको लागि नेपाल राष्ट्र बैंकले विनिमय डर यस प्रकार तोकेको छ ।