भृकुटीमण्डप जुत्ता मेला:’नेपाली खुट्टा नेपाली जुत्ता’ अभियान, किन्नेको अाेइरो, ७ दिन लम्बियाे

बिजमाण्डू
२०७३ माघ २ गते १४:४१ | Jan 15, 2017


काठमाडौं। भृकुटीमण्डपमा चलिरहेको जुत्ता मेलामा सर्वसाधारणको भीड थामिनसक्नु छ। गत पुष १४ गतेदेखि चलिरहेको मेलामा जो अघि पुग्यो उसैले सबै विकल्प छान्न पाउने  भएकोले बिहानैदेखि ग्राहकहरूको भीड लागिरहन्छ। 

Tata
GBIME
Nepal Life

राम्रो जुत्ता पाउन मेलामा जतिसक्दो छिटो पुग्नुपर्ने शिखर शुजका कार्यकारी निर्देशक रामकृष्ण प्रसाईले बताए। मेला विहान दश बजेदेखि सुरू हुने गर्छ।
धेरै जसो कम्पनीले न्युनतम ५०० रुपैयाँमै जुत्ता बेच्दै आए पनि शिखर शुजले सबैखाले ग्राहककालागि १ सय ५० रुपैयाँ देखि १५ सय रुपैयाँ सम्ममा सेलमा जुत्ता बेचिरहेको उनले बताए।

सहभागी ब्राण्डमध्ये सबैभन्दा धेरै स्टल भएको शिखर शुजले भने फ्रेस सामानमा १५ प्रतिशत छुट समेत दिएको छ। त्यसरी छुट दिने जुत्ताको मुल्य सामान्यतया दुई हजारदेखि चार हजार रुपैयाँसम्म हुने प्रसाईंले बताए।

शिखर शुजले १५ देखि ७५ प्रतिशतसम्म छुटमा जुत्ता बेच्दै आएको छ। मेला अवधिभर १० हजार जोर जुत्ता बेच्ने लक्ष लिएको पनि प्रसाईंले बताए।
सहभागी ब्राण्डहरु स्काई शुज, बिएफ डियर हिल शुज, ईजी शुज, मेघा शुज, क्रस रोड शुज, टाकुरा शुज, फुटल्याण्ड र नारीहरुको मात्र जुत्ता उत्पादन गर्ने शु-ल्याण्डले मेलामा जुत्ता बेच्दै आएका छन्।

शु-ल्याण्डले भने २ सय रुपैयाँ देखि १३ सय रुपैयाँ सम्मका जुत्ता चप्पलहरु बेच्दै आएको छ। सबै उमेर समुहका केटीहरुलाई हुने गरी सबै मोडलमा जुत्ता उत्पादन गरेको शुल्याण्डका कर्मचारी चिरण केसीले बताए।

अन्य सहभागी ब्राण्डहरुले पनि ५ सय रुपैयाँदेखि जुत्ता बेच्दै आएका छन्। क्रस रोड शुजले दुई जोर किन्नेलाई अझै बढि सहुलियत दिँदै आएको छ। एक जोरको १२ सय रुपैयाँ मुल्य भएपनि दुई जोर किन्दा २ हजार रुपैयाँमै दिने गरेको विवेक शर्मा फुयाँलले बताए।

मेलामा सबैभन्दा महंगो मुल्यका जुत्ता बेच्ने ब्राण्ड स्काई शुज हो। उसले ५ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्मका जुत्ता बेच्दै आएको मनोज श्रेष्ठले बताए। उनले मेलामा राम्रै सामान एक दुई जोर मात्रै बाँकी रहँदा नयाँ मोडेल उत्पादन गर्न सजिलो होस् भनेर सेलमा राख्ने गरेकोले ग्राहकले ढुक्क भएर कुनै पनि कम्पनीको जुत्ता किन्न सक्ने बताए।

नेपाली खुट्टामा नेपाली जुत्ता
हरेक वर्ष आयोजना हुने जुत्ता मेलामा वर्षेनी सहभागीहरु बढिरहेको नेपाली जुत्ताघरका  व्यवस्थापक रहेका प्रसाईं बताउँछन्। अहिले दैनिक पाँच हजार मान्छे आउँछन्, उनीहरु सबै जुत्ता किन्नै आउने हुन्। घुम्नकालागि यो मेलामा के छ र ? प्रसाईंले भने – दैनिकजसो हजारौँ मानिसहरुले हजारौँ जोर जुत्ता किनिरहेका हुन्छन्।

एउटै मानिसले ४/५ जोर जुता किनेर लैजान्छन् अर्को वर्ष मेलामा आउँदा २/४ जना ग्राहक पनि लिएर आउँछन्। 'जुत्ता नराम्रो भए त नआउनु पर्ने किन साथीहरु लिएर आउँछन् त?' प्रसाईं भन्छन्- क्वालिटी सबै राम्रो हुन्छ, एक जोर जुत्ता बचेको हुन्छ हामीले पनि बेचेर नयाँ मोडल निकाल्छौ र उनीहरुले सस्तोमा पाउँछन् दुवै पक्षलाई फाईदा छ।

मेलाको उदेश्य भनेकै नेपालीको खुट्टामा नेपाली जुत्ता नै लगाउने उदेश्यले नेपाली जुत्ताघरले मेला आयोजना गरेको प्रसाईंको दावी छ। विदेशी ब्राण्ड भन्दा स्वदेशी ब्राण्ड नै राम्रो छ भन्ने सन्देश दिन पनि मेलाले सहयोग गर्ने उनले बताए।

विभिन्न खाले जुत्ता मेला बेला बेला आयोजना भए पनि विशुद्द नेपाली ब्राण्डको जुत्ता मेला भने नेपाली जुत्ता घरले भृकुटी मण्डपमा आयोजना गर्ने मेला नै भएको फुटल्याण्डका केशबबहादुर प्रधानले बताए। उनले जुत्ता पुरानो भएर सस्तो दिएको नभई होलसेलर, रिटेलर हुँदै ग्राहक सम्म पुग्दा खाने नाफा घटाएर दिदाँ सस्तो भएको बताए।