सिद्धार्थ डेभलपमेन्टले १०: ६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, बिक्री प्रवन्धक नबिल

बिजमाण्डू
२०७३ माघ २ गते २०:२६ | Jan 15, 2017
काठमाडौं। सिद्धार्थ डेभलपमेण्ट बैंकले शेयरधनीहरुको लागि १०: ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता भएको छ ।

Tata
GBIME
Nepal Life

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नबिलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे।बैंकको मंसिर २४ गते भएको साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

अहिले बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ।हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ।बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफबाट बोनश वितरण गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने जनाएको छ।