कांग्रेसबाट सभासद बनेका शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित

बिजमाण्डू
२०७३ माघ २ गते २०:४१ | Jan 15, 2017
वीरगञ्ज। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ओमप्रकाश शर्मा निर्वाचित भएका छन् । शर्मा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका निर्वाचन अधिकृत बालमकुन्द खरेलले बताए ।

Tata
GBIME
Nepal Life

संघको प्रथम उपाध्यक्ष गोपाल केडिया, द्धितीय उपाध्यक्ष सुबोधकुमार गुप्ता, महासचिव सुनील खेतान, कोषाध्यक्ष रवीन्द्रकुमार वर्णवाल, सचिवद्धय    मनोजकुमार दास र माधव राजपाल, सह–कोषाध्यक्ष अरविन्द अमात्य, सहसचिवद्धय हरिप्रसाद गौतम र प्रेमचन्द्र गोयल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्मा नेपाली काग्रेसका तर्फबाट प्रथम संविधान सभामा समानुपातिकबाट सभासद् थिए।