बढ्दो ग्याजेट्सको प्रयोगले यसरी गाँज्दैछ एसियालार्इ, विद्युतीय फोहोर व्यवस्थापन गर्न चुनौती

रासस
२०७३ माघ ३ गते ०७:५६ | Jan 16, 2017
मनिला। करोडौँ मानिसको स्मार्टफोन तथा अन्य विद्युतीय सामाग्रीमा आकर्षण बढ्दा र एसियाली जनताको आम्दानीमा वृद्धि हुँदा एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीव्रस्तरमा वृद्धी भएको पाइएको छ।

Tata
GBIME
Nepal Life

संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयको अध्ययन अनुसार यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने देखिएको छ । एसियामा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर उत्पादन पाँच वर्ष पहिलेको तुलानामा ६३ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घ विश्व विद्यालयले तयार पारको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यस क्षेत्रका प्राय राष्ट्रमा विद्युतीय फोहोरलाई पुनः प्रयोग र सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ । 

 
“प्रायः राष्ट्रमा विद्युतीय फोहोर व्यवस्थापन गर्ने वातावरणमैत्री संरचना नदेखिएको र यस क्ष्ोत्रमा उत्पादित बढ्दो फोहोर व्यवस्थापन सबैको चासोको विषय बनेको छ,” प्रंतिवेदन तयार पार्ने समूहका एक अनुसन्धानता तथा राष्ट्रसङ्घ विश्व विद्यालयका दीगो फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रमुख रुइडिगर कुइरले बताए।
 
पछिल्ला केही वर्षमा चीन र एसियाली केही अन्य भू–भाग विकशित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुप्राउने ठाउँ बनेका छन् तर फोहोरलाई पुनः प्रयोग गर्न अपनाइने गरेको प्रविधि प्रायजसो अन्यन्त सस्तो र असुरक्षित प्रविधियुक्त कम्पनीमा गराउने गरेको प्रतिवेदनको ठहर छ । 
 
तर प्रतिवेदनले एसियालाई पछिल्लो समय विद्युतीय फोहोर उत्पादन गर्ने मुख्य स्रोत केन्द्र बनेको बताएको छ । यसो हुनुमा एसियाली जनताको फोन, ट्याबलेट, रेफ्रिजेरेटर, व्यक्तिगत कम्प्यूटर र टेलीभिजनप्रतिको अत्याधिक आकर्षण रहेको बताइएको छ । 
 
चीनमा सन् २०१० को तुलानामा सन् २०१५ सम्ममा विद्युतीय फोहोर उत्पादन दोब्बर बढेको अध्ययनमा छ । राष्ट्रङसङ्घले अध्ययनका लागि सन्. २०१० देखि सन् २०१५ को अवधि छुट्याएको थियो । 
 
सन् २०१५ मा चीनको विशेष प्रशासित क्षेत्र हङ्कङमा प्रति व्यक्ति २१.५ लिकोग्रामका दरले विद्युतीय फोहोरको उत्पादन भएको जनाइएको छ । त्यसैगरी सोही वर्ष सिङ्गापुर र ताइवानमा १९ किलोग्रामका दरले विद्युतीय फोहोर उत्पादन भएको थियो । यस क्षेत्रमा कम्बोडिया, भियतनाम, फिलिपिन्स थोरै फोहोर उत्पादन गर्ने राष्ट्रमध्येका रुपमा देखिएका छन् । यी मुलुकमा प्रतिव्यक्ति एक किलोग्रामका दरले फोहोर उत्पादन भएको प्रतिवेदनको ठहर छ । 
 
यसैबीच राष्ट्रसङ्घीय निकायद्वारा गरिएको अध्ययनले अव्यवस्थित तथा गैरकानूनी विद्युतीय फोहोर व्यवस्थापनका कारण वातावरणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र यसबाट जैविक स्वास्थ्य र वातावरणमा समेत नकारात्मक परिणाम निम्तिएको बताइएको छ । 
 
विद्युतीय सामाग्रीमा धातुलाई छुट्याउन वा टुक्र्याउन प्रयोग हुने रसायनलाई अध्ययनको खास चासोको विषय भएको भन्दै उक्त रसायन वातावरणमा प्रवाहित हुँदा श्वास लिने क्रममा कुनै पनि प्राणीको शरीरमा प्रवेश गर्ने र जोखिम सिर्जना गर्ने अध्ययनले बताएको छ । 
 
चिनियाँ शहर गुइयुमा विषाक्त धातुजन्य पदार्थको मिश्रण पानी र हावामा फैलिदा उक्त शरहमा बसोबास गर्ने बालबालिकाको रगतमा नै अत्यधिक लिडको मात्रा पाइने गरेको शान्टोउ यूनिभर्सिटी मेडिकल कलेजका अुनसन्धाताले सन् २०१४ मा गरेको अध्ययनका क्रममा भेटिएको बताइएको थियो । गुइयु फोहोर पुनःप्रयोग गर्ने प्रविधि भित्र्याएर आफ्नो अर्थतन्त्रमा सुधार ल्याएको चिनियाँ शहर हो ।