नेपाल एसबिआइको एफपिओ मसान्तभित्रै वाँडफाँड हुने, पूँजी तीन अर्ब ८९ करोड रुपैयाँ नाघ्दै

बिजमाण्डू
२०७३ माघ ३ गते १४:३१ | Jan 16, 2017

काठमाडौं। नेपाल एसबिआई बैंकले जारी गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) माघ मसान्तभित्रै वाँडफाँड हुने भएको छ।

Tata
GBIME
Nepal Life

'माघ मसान्तभित्रै वाँडफाँड गर्ने योजना अनुसार काम भइरहेको छ,' बिक्रि प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले भने, 'केही भएर लम्बिहाले पनि फागुन २ गते नाघ्दैन।'

एसबिआई बैंकले जारिगरेको ६७ हजार ७ सय ६८ कित्ता एफपिओमा ७२.९४ गुणा बढी आवेदन परेको थियो। बैंकले ९ सय ७१ रुपैयाँमा (८ सय ७१ प्रिमियम मूल्यसहित) मा एफपिओ जारी गरेको थियो।

६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा चार अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको थियो। तीन अर्ब ८८ करोड ३७ लाख चुक्ता पूँजी रहेको एसबिआईको एफपिओ सूचीकरणपछि पूँजी ती अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ।