कारोबार उकास्ने गरि कसले बेच्यो प्रभु बैंकको संस्थापक शेयर? तीन बल्कमा साढे २० करोडको किनबेच

बिजमाण्डू
२०७३ माघ ३ गते १५:११ | Jan 16, 2017

काठमाडौं। शेयर कारोबार खुलेको दोस्रो दिन नै ठूलो परिमाणमा प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ। प्रभुकै कारण शेयर बजारमा सोमबार कारोबार रकम बढ्यो।

Tata
GBIME
Nepal Life

दिनभरीमा १२९ कम्पनीको ५८ करोड ८७ लाख रुपैयाँको शेयर बजारमा प्रभुको संस्थापक शेयर मात्र २० करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। कुल कारोबारमा प्रभु संस्थापकको हिस्सा करिव ३५ प्रतिशत हो।

प्रभु संस्थापक शेयर तीन वटा बल्कमा किनबेच भएको छ। सबै शेयर प्रभु ग्रुपले किनेको स्रोतले जानकारी दियो। प्रभु समूहभित्रै रहेको नौं लाख ३६ हजार ३०६ कित्ता शेयर मिलानका लागि कारोबार भएको छ।

बाँकी दुई वटा बल्क कारोबार तत्कालिन गौरिशंकर विकास बैंकका लगानीकर्ताले बेचेका हुन्। गौरिशंकरलाई प्रभु बैंकले निक्कै अगाडि गाभिसकेको हो।

गौरिशंकरतर्फका शेयरधनीले पहिले ३१ हजार ३३८ र अर्को ४८ हजार ६६२ कित्ता शेयर प्रभु समूहलाई बेचेको हो। बैंकको दिनभरीमा १० लाख १६ हजार ३०६ कित्ता शेयर किनबेच भएको छ। सबै शेयर प्रति कित्ता २०१ रुपैयाँमा किनबेच भएको छ।