शेयरमा दोहोरो अंकको गिरावट, बजार झर्दा पनि १०% ले कमाए ग्रिनका लगानीकर्ताले, तीनले धेरै गुमाए

बिजमाण्डू
२०७३ माघ ३ गते १५:३९ | Jan 16, 2017

काठमाडौं। शेयर कारोबारमा सुधार देखिए पनि सूचक दोहोरो अंकले झरेको छ। बजार ११.६३ अंकले घटेर १४६६.०९ अंकमा बन्द भएको छ।

Tata
GBIME
Nepal Life

'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झरेको छ।

बजारमा ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम करिव साढे २० करोडको प्रभु बैकको संस्थापक शेयर खरीदबिक्री भएपछि बढेको हो।

एफपिओका कारण स्टान्डर्ड चार्टर्ड बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन्। बैंकको करिब ६ करोड रुपैयाँको कारोबार भएको छ। एफपिओपछिको बोनसको आँकलनले पनि चार्टर्डको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन्।
     
फाइनान्स कम्पनी सूचकवाहेक सबै ओरालो लागेको छ। बिमा समुह सबैभन्दा बढी १३० अंकले घटेको छ। बैंकिङ ११.५४, होटेल ७.३८, विकास बैंक ६.३ र अन्य ०.८६  अंकले घटेको छ। फाइनान्स समुहमा भने ०.८४ अंकको सुधार देखिएको छ।

सबैभन्दा बढी ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले कमाएका छन्। बैंकले एक बराबर चारको अनुपातमा हकप्रद दिने घोषणा गरेपछि त्यसको प्रभाव शेयर मूल्यमा देखिएको हो। बैंकको शेयर मूल्य करिव १० प्रतिशतले बढेको छ।

कारोबार खुलेदेखि नै प्रभु बैंकको शेयर मूल्य झरेको छ। हिजो करिव १० प्रतिशतले झरेको प्रभुको मूल्य आज पनि उत्तिकैले झरेको छ। कर्णाली विकास बैंक, खानीखोला जलविद्युतको शेयर मूल्य पनि करिव १० प्रतिशतले झरेको छ।