यती डेभलपमेन्ट बैंकले ल्यायो ९.९९% ब्याज दरको ऋण योजना, १ करोडसम्म एसएमइ र घर कर्जा

बिजमाण्डू
२०७३ माघ ३ गते १७:२७ | Jan 16, 2017

काठमाडाैं। यती डेभलपमेण्ट बैंकले साना तथा मझौला ब्यापार ब्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु अघि सारेकाे छ ।

यती सजिलो कर्जा अन्तर्गत ब्यवसायीहरुले अधिकतम १ करोड रूपैँयासम्मको कर्जा  सजिलै प्राप्त गर्न सक्ने छन् ।  कर्जा लिन चाहने ब्यवसायीहरुले ओभरड्राफ्ट, १० बर्षसम्मको किस्ताबन्दी वा दुवै सुबिधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशतसम्ममा पाउने बैंकले प्रेस बिज्ञप्तिमार्फत जनाएकाे छ ।

Tata
GBIME
Nepal Life

त्यसै गरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न र घर निर्माण तथा मर्मत गर्नको लागी  १ करोड रूपैँयासम्मको कर्जा न्यूनतम ९.९९ देखि २० बर्षको अवधिकालागि प्राप्त गर्न सक्ने छन् ।  आवश्यक कागजात पूरा भएको ३ कार्य दिनमा नै दिइने पनि बैंकले  जनाएकाे छ ।

यती डेभलपमेण्ट बैंकले २०७३ पौष मषान्तसम्ममा  १२ अर्ब ६ करोड रूपैँया निक्षेप तथा  १० अर्ब ८ करोड रूपैँया कर्जा परिचालन गरेेकाे जानकारी दिएकाे छ । बैंकका अनुसार २०७४ आषढ मषान्त सम्ममा चुक्ता पूंजी २ अर्ब ५० करोड पुर्याउनका लागि २ः१ का दरले हकप्रद शेयर निष्काशनकाे काम अन्तिम चरणमा पुगेकाे छ ।