शेयर धितोसहितका यी पाँच कर्जा जसले राष्ट्र बैंकको चिन्ता बढायो, ५ महिनामा ९६ अर्ब लगानी

बिजमाण्डू
२०७३ माघ ३ गते १७:४३ | Jan 16, 2017

काठमाडौं। पाँच वटा क्षेत्रमा अस्वभाविक रुपमा कर्जा लगानी वढेपछि राष्ट्र बैंक चिन्तित भएको छ। ओभरड्राफ्ट, शेयर मार्जिन, एक करोड रुपैयाँसम्मको आवासीय घर, रियलस्टेट र सवारी साधनमा अस्वभाविक रुपमा बैंक ऋण वढेपछि राष्ट्र बैंक चिन्तित बनेको हो।

Tata
GBIME
Nepal Life

अनुत्पादक क्षेत्रमा कर्जा विस्तार भएकाले त्यो खराव अवस्थामा परिणत हुनसक्ने संकेत राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकका अनुसार एक बर्षको अवधिमा यी पाँच क्षेत्रमा २ खर्ब १४ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी भएको छ। साउनदेखि मंसिर मसान्तभित्र अर्थात पाँच महिनाको अवधिमा मात्रै ९६ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी भएको छ।

कर्जा विस्तार हुने तर त्यसको रिफ्लेक्सन अर्थतन्त्रमा नपर्ने देखिएको छ। अनुत्पादक क्षेत्रमा कर्जा वढेका कारण त्यो खराव कर्जामा परिणत हुनसक्ने चिन्ता राष्ट्र बैकको हो।

एक बर्षको अवधिमा ओभरड्राफ्ट मात्र ८७ अर्ब १३ करोड रुपैयाँ गएको छ। चालु बर्षको मंसिरसम्म ४१ अर्ब ८० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा गएको छ।

शेयर मार्जिन कर्जा पनि ११ अर्ब ५९ करोड रुपैयाँले बढेको छ। पाँच महिनायता भने ६८ करोड रुपैयाँले मात्र बढेको छ।

एक करोडसम्मको आवासीय घर कर्जा ३५ अर्ब ६२ करोडले बढेको छ। पाँच महिनामा यो १६ अर्ब ५० करोडले बढेको छ। एक बर्षभित्र रियलस्टेट २७ अर्ब ६९ करोडले बढेको छ। पछिल्लो पाँच महिनामा १० अर्ब ९० करोड रुपैयाँ रियलस्टेटमा गएको छ। सवारी साधन कर्जा एक बर्यमा ५२ अर्ब ५६ करोड रुपैयाँ गएको छ।  पाँच महिनामा २६ अर्ब २० करोड रुपैयाँ सवारी साधन कर्जा गएको छ।