साढे चार अर्बको नेपाल लाइफको एफपिओमा ५२ अर्बको आवेदन

बिजमाण्डू
२०७३ माघ ३ गते २१:०६ | Jan 16, 2017
काठमाडौं।ब्लुचिप कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा ५१ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ। वित्तिय क्षेत्रले तरलताको मार खेपिरहेका बेला कम्पनीले   निकालेको एफपिओमा करिब १२ गुणा भन्दा बढी आवेदन परेको छ।

Tata
GBIME
Nepal Life


कम्पनीले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो।बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुबकुमार तिमिल्सिनाले ५१ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको बताए।

उनका अनुसार २ लाख ५४ हजार वटा आवेदन परेको छ।नेपाल लाइफले प्रति कित्ता एक सय रुपैयाँको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १४ सय २५ रुपैयाँका दरले एफपिओ जारी गरेको थियो।

वित्तिय क्षेत्रले तरलताको मार खेपिरहेको बेला कताबाट आयो यति धेरै पैसा?एक लगानीकर्ताका अनुसार  राम्रो प्रतिफल देखेर लगानीकर्ताले केही जोगाड गरेको पैसा कम्पनीको एफपिओमा लगानी गरेको देखिएको छ।

स्रोतका अनुसार कतिपय व्यवसायिक ऋण लिएर पनि एफपिओमा लगानी भएको छ।व्यवसायिक फर्मका नाममा ऋण लिएर एफपिओमा समेत लगानी गर्ने भेटिएको ती लगानीकर्ताले बताए।

 
पुस २७ बाट आवेदन खुलेको कम्पनीको सेयरमा हिजो आइतबारसम्म आवेदन दिने समय थियो।निष्कासनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ । प्रिमियम रकम भने जगेडा कोषमा जम्मा हुने छ । एफपिओ  निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ नाघ्ने छ।