२१ बाणिज्य र नाैं विकास बैंकले पाए अाश्वा अनुमति, मुगु र बाजुरा बाहेक सबै जिल्लाबाट हुने

बिजमाण्डू
२०७३ माघ ४ गते ११:३२ | Jan 17, 2017

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन धितोपत्र दरखास्त संकलन (अाश्वा)कालागि २१ वटा बाणिज्य बैंक  र ९ वटा विकास बैंकले अनुमति प्राप्त गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

धितोपत्र बोर्डका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले ३० बैंकका एक हजार ५ सय ७ शाखाहरूबाट याे सेवा लिन सक्ने छन्।
हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक र बिकास बैंकका मुगु र बाजुरा जिल्लामा शाखा कार्यालय नरहेकाले यी दुई जिल्ला बाहेक ७३ जिल्लाबाट आश्वा सेवा लिन सकिने धितोपत्र बोर्डले जनाएको छ।

माघ ९ गतेबाट निष्कासन हुन लागेको फरवार्ड कम्युनिटी माइक्रोफाईनान्समा आश्वा प्रणाली परिक्षणको रुपमा लागु हुने छ।
 यसैबीच नबिल बैंकले पनि आश्वामार्फत धितोपत्र खरिद दरखास्त संकलनको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरेको जनाएको छ।