ओम डेभलपमेन्ट बैंकको नाफा १९ करोड रुपैयाँ, २५० करोड पूँजी पुर्याउन मर्जरपछि ३०% हकप्रद

बिजमाण्डू
२०७३ माघ ४ गते १६:५२ | Jan 17, 2017

काठमाडौं। ओम डेभलपमेन्ट बैंकले पुस मसान्तसम्म १९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सञ्चालन नाफा २९ करोड ८९ लाख रुपैयाँ गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले १२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ। पुस मसान्तसम्म ११ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत छ भने तरलता अनुपात २३.१३ प्रतिशत छ।

एक अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ओमले ३१ करोड रुपैयाँ चुक्ता पूँजी भएको मनास्लु विकास बैंकसँग मर्जर प्रक्रिया अघि बढाएको छ।

मर्जरपछि एक अर्ब ६७ करोड रुपैयाँ पूँजी पुग्ने छ। राष्ट्र बैंकलाई बुझाएको पूँजी वृद्धि योजनामा राष्ट्रिय स्तरको बैंकका लागि आवश्यक पर्ने दुई अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन मर्जरपछि ३० प्रतिशत हकप्रद शेयर दिने उल्लेख गरेको छ।

बैंकले आस्वा प्रणालीको लागि पनि स्वीकृती प्राप्त गरिसकेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए।