काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल र एनआइसी एसिया बैकले नाफा बढाएका छन्। सिटिजन्सले ६३ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ भने एनआइसीले ७२ करोड १४ लाख रुपैयाँ कमाएको छ।
सिटिजन्सको गत बर्षको पुससम्म नाफा ४१ करोड ८४ लाख रुपैयाँ थियो। एनआइसी एसियाको ५० करोड २० लाख रुपैयाँ थियो।
सिटिजन्सले करिव ७० करोड रुपैयाँ डुबेको ऋणमध्ये राइट ब्याक गरेको छ। बैंकको खराव कर्जा पनि घटेको छ। बैंकसँग सर्वसाधारणको ५२ अर्ब ७४ करोड निक्षेप र ४६ अर्ब ७८ करोड कर्जा लगानी छ।
यसैगरी एनआइसीले ३३ करोड हाराहारी डुबेको ऋण उठाएको छ। बैंकसँग सर्वसाधारणको ७९ अर्ब निक्षेप र साढे ६६ अर्ब हाराहारी कर्जा लगानी छ।