हिमालयन चिया उद्योगले ल्यायो ‘राकुरा चिया २.०’, विभिन्न ८ थरी स्वादका चिया बजारमा

बिजमाण्डू
२०७३ माघ ६ गते १०:०८ | Jan 19, 2017
हिमालयन चिया उद्योगले ल्यायो ‘राकुरा चिया २.०’,  विभिन्न ८ थरी स्वादका चिया बजारमा
काठमाडौं।चिया निर्यात गर्ने पहिलो कम्पनी हिमाल चिया उद्योगले 'राकुरा चिया २.०' बजारमा ल्याएको छ।राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ चिया बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life


कम्पनीका संस्थापक तथा अध्यक्ष रामकुमार राठीले चिया पारखीलार्इ लक्षित गरेर गुणस्तरीय चिया बजारमा ल्याएको बताए।सन् १९७३ मा कम्पनीले नेपालबाट पहिलोपटक विदेशमा दार्जिलिङ ब्राण्डमा चिया निर्यात गरेको थियो।उनका अनुसार सन् २०१२ देखि  नेपालको आफ्नै ब्राण्ड ' राकुरा हिमालयन चिया'को नामबाट विदेशमा निर्यात गर्न थालिएको हो।

कम्पनीले हिमालयन अर्गानिक ग्रीन टी विभिन्न फलफुलको फ्लेबरमा बजारमा ल्याएको छ। ग्रीन टी, ब्ल्याक टी, अर्ल ग्रे टी, लाईट ग्रीन टी, अंग्रेजी ब्रेकफास्ट टी र अर्गानिक ग्रीन टी लगायत ८ किसिमको उत्पादन बजारमा ल्याएको छ।
 

८५ जनालाई प्रत्यक्ष र करिव ८ सय जनालाई अप्रत्यक्ष रोजगारी दिएको उद्योगले उत्पादनको ४० प्रतिशत चिया विदेश निर्यात गर्दै आएको छ। आगामी दिनमा भारतमा चिया निर्यात गर्ने लक्ष्य राखेको राठीले बताए।
 
अहिले नेपालमा प्रति व्यक्ति ३ सय ५० ग्राम चिया खपत हुन्छ। पाकिस्तानमा एक किलो चिया खपत हुन्छ भने भारतमा ६सय ५० ग्राम खपत भइरहेको राठीले बताए। नयाँ चिया राजधानी लगायतका मुलुकका विभिन्न एक सय भन्दा बढी स्थानबाट बिक्री हुने उनले बताए। चियाको मूल्य एक सय रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म तोकिएको छ।