वैदेशिक रोजगारी लक्षित स्वास्थ्य बीमा कार्यक्रम, गम्भिर १५ वटा रोग देखिए उपचार खर्च पाउने

बिजमाण्डू
२०७३ माघ ९ गते १४:३६ | Jan 22, 2017
वैदेशिक रोजगारी लक्षित स्वास्थ्य बीमा कार्यक्रम, गम्भिर १५ वटा रोग देखिए उपचार खर्च पाउने


काठमाडौं।वैदेशिक रोजगारीमा गएका व्यक्तिलार्इ 'गम्भिर' रोग लागेमा सहज उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रम आउने भएको छ।  वैदेशिक रोजगारीमा गएका व्यक्तिलार्इ 'गम्भिर' रोग लागेमा पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाउने गरी बीमा कार्यक्रम अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME
Nepal Life

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बीमा समितिले यो बीमालार्इ अन्तिम रुप दिँदैछन्।समितिका अनुसार सबै टुंगो लागेमा फागुनदेखि बीमा योजना कार्यान्वयनमा आउनेछ।तर अझैपनि बीमाको प्रिमियम रकमको भने टुंगो लाग्न सकेको छैन।
 

बीमा कम्पनीबीच यो विषयमा पटक/पटक छलफल भने भएको छ।वैदेशिक रोजगारीमा गएका व्यक्ति गम्भिर विरामी परेर स्वदेश फर्किँदा उपचारको समस्या भएपछि बीमा योजना ल्याउन लागिएको हो।

रोजगारीका क्रममा विरामी परेका धेरै व्यक्तिको उपचारका लागि अभियाननै थालेर स्रोत जुटाउनुपर्ने र कतिपय पैसाको अभावले उपचार नपाउने अवस्था आएपछि बीमा योजना ल्याउन लागिएको हो।बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले फागुनदेखि कार्यान्वयनमा ल्याउनेगरी गृहकार्य भइरहेको बताए।

 
उनका अनुसार अव बैदेशिक रोजगारीमा गएकाले गम्भिर रोगहरु लागेमा निश्चित रुपैयाँ प्रिमियम तिरेको आधारमा उपचार गर्न पाउँछन्।प्रिमियम रकम तीन हजार रुपैयाँ हाराहारीमा हुनेछ।
 
समितिले प्रिमियम लगायतका विषयलार्इ अन्तिम रुप दिन समितिका निर्देशक श्रीमान कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ।
बीमा समिति, ट्रेड युनियन, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको एक/एक जना सदस्य रहेको समितिले दिएको प्रतिवेदनको आधारमा प्रिमियम तय गरिने छ। 
 
उपचार हुने रोगहरु
  १) क्यान्सर  (Cancer)  
  २) मृगौला  (Kidney Failure)  
  ३) उच्च रक्तचाप  (Primary Pulmonary Arterial Hypertension)    
  ४) प्रमुख अँग प्रत्यारोपण  (Major Organ Transplant)  
  ५) क्रोनरी धमनी वाईपास  (Coronary artery by-pass grafts)      
   ६) महाधमनी सर्जरी  (Aorta Graft Surgery)    
   ७) मुटु भल्भ सर्जरी  (Heart Valve Surgery)      
   ८) झड्का   (Stroke)      
   ९) रोधगलन  (Myocardial Infarction)    
   १०) कोमा  (Coma)    
    ११) पूर्ण दृष्टी बिहिन  (Total Blindness)    
    १२) प्यारालाईसिस  (Paralysis)    
   १३) ब्रेन ट्यूमर (Benign brain tumor)  
   १४) बिभिन्न भाग सुन्नीएको  (Multiple Sclerosis)          
    १५) मानसिक रोग  (Mental illness)

बीमा समितिले गत पुस ९ गते नै बैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी असामान्य रोग लागेमा स्वदेश तथा विदेशमै पनि उपचार गर्न सकुन भनेर बीमा अवधारणा ल्याएको हो।खाडी, मलेसिया लगायतका मुलुकमा वैधानिक रुपमा जाने कामदारले मात्रै बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन्।