मुक्तिनाथ विकास बैंकलार्इ अास्वा सेवाको अनुमति, केन्द्रीय कार्यालय केही दिनमै काठमाडाैं सर्ने

बिजमाण्डू
२०७३ माघ ९ गते १५:०८ | Jan 22, 2017

काठमाडाैं। मुक्तिनाथ विकास बैंक लिमिटेडले अास्वा सेवाको अनुमति पाएको जनाएको छ । बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं सर्नै लागेको बेला आस्वाको अनुमति पाएको हो ।

Tata
GBIME
Nepal Life

बैँकको  सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट अास्वा सेवा दिने प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  बैँकका अनुसार यसका धेरैजसो शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले  दुर्गमका नागरिकहरुले यो सेवा प्राप्त गर्नेछन् ।

अहिले स‌ंचालनमा रहेका  बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा दिने तयारी भैरहेको पनि बैंकले जनाएको छ ।

बैँकले काठमाडाैंको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुंगाको सिद्धिचरणबाट कारोबार शुरु गरिसकेको छ । केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा  भने केही दिनमा सञ्चालनमा अाउने विज्ञप्तिमा उल्लेख छ ।