‘तिसा गोल्ड’ र ‘बिइङ्गह्युमन’ ब्राण्डका गहना बजारमा, गुणस्तरमा सम्झाैता नहुने कम्पनीको दावी

बिजमाण्डू
२०७३ माघ ९ गते १६:४९ | Jan 22, 2017

काठमाडाैं। तिसा जेवेल्स प्रा. लि.ले तिसा गोल्ड ब्राण्डका सुनका गहनाका साथै  'बिइङ्गह्युमन’ ब्राण्डको हिराका गहना नेपाली बजारमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

राजधानीमा  एक कार्यक्रम अायोजना गरी ति ब्रान्डका सुन तथा हीराका गहनाको शुभारम्भ गरियो ।

केही वर्ष अघि मात्र  स्थापना भएको तिसा जेवेल्सले देशभर ५० भन्दा बढी ठाउँमा वितरण संजाल पुर्याइसकेको छ । कम्पनीले उपभोक्तालार्इ गहनामा शुद्धता र गुणस्तरमा ढुक्क भएर गहना किन्न अाग्रह समेत गरेको छ । 

कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित हलमार्क भएका गहनाहरुमात्र अाफुहरुले  बिक्री गर्दै आइरहेको  प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कम्पनीले नेपाली बजारको मागमात्र पूरा गर्ने नभइ अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली गहनाहरुको पहुँच विस्तार गर्ने योजना बनाएको बताएको छ ।