काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले ब्याजदर अर्को साताबाट घट्ने बताएका छन्। तरलता अभावबारे नियामक, अर्थमन्त्रालय र बैंकरबीच फरक वुझाइ भएको भन्दै बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा शाहले भने- अब ब्याजदरमा स्थायित्व आउँछ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाहले अहिले बैंकसँग निक्षेपकर्तालाई फिर्ता गर्ने पैसा अभाव नभएको भन्दै कर्जा दिने पैसा नभएको प्रस्ट पारे।
कर्जा दिने पैसा नहुँदा कर्जा-पूँजी-निक्षेप अनुपात ८० प्रतिशत माथि पुगेकाले त्यसलाई घटाउन निक्षेपको ब्याज बढाउनु परेको जानकारी दिए। "प्रतिस्पर्धाले ब्याजदर १३/१४ प्रतिशतसम्म पुग्यो' उनले भने, 'अब हामी कर्जा विस्तारलाई रोक्छौं। यसले ब्याजदर अब बढ्दैन। मलाई लाग्छ अर्को साताबाट क्रमश घट्दै जान्छ।'











