नेपाल लाइफ र कम्युनिटी फर्वार्डलाई छिटो बाँडफाँड गर्न बोर्डको निर्देशन ,५५ अर्ब फिर्ता हुने

बिजमाण्डू
२०७३ माघ २८ गते १०:३४ | Feb 10, 2017
नेपाल लाइफ र कम्युनिटी फर्वार्डलाई छिटो बाँडफाँड गर्न बोर्डको निर्देशन ,५५ अर्ब फिर्ता हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्थामा देखिएको लगानीयोग्य (तरलता) अभावलाई सम्बोधन गर्न शेयर बाँडफाँडको अवधि छोट्याोउन निर्देशन दिएको छ। 
 
बोर्डले तरलता अभावको असर शेयरको दोस्रो बजारमा समेत देखिएको भन्दै छिटो बाँडफाँड गर्न निर्देशन दिएको हो। 
 
बोर्डले हालै फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरेको नेपाल लाइफ इन्स्योरेन्स र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सलाई बाँडफाँड छोट्याउन भनेको छ।
 
साविकमा दुई महिना भित्र बाँडफाँड गर्नु पर्ने नेपाल लाइफलाई बोर्डले निश्कासनको ४० दिन भित्र बाँडफाँड गरि सक्न निर्देशन दिएको छ। जस अनुसार कम्पनीले अब दुई साता भित्र बाँडफाँड गरि सक्नु पर्नेछ। निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई छिटो बाँडफाँड सम्पन्न गर्न बोर्डले निर्देशन दिएको हो।
 
नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपिओ निश्कासन गर्दा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो।
 
यस्तै साबिकमा ५० दिनको बाँडफाँड अवधि रहेको कम्युनिटी फर्वार्डलाई बोर्डले ३० दिनभित्र बाँडफाँड गरि सक्न निर्देशन दिएको छ। कम्पनीको निश्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टले पनि अब दुई सातामा बाँडफाँड सम्पन्न गर्नु पर्नेछ।
 
यो ब्यवस्थाले करिब तीन लाख ७० हजार लगानीकर्ताको ५५ अर्ब रुपैयाँ भन्दा बढी फिर्ता हुने बोर्डले जनाएको छ।
 

Tata
GBIME
Nepal Life