‘भ्यालेन्टाइन्स डे’कालागि पार्टनर पाउनुभएन ? एपमार्फत यसरी खोज्नुस् आफ्नो भ्यालेन्टाइन

बिजमाण्डू
२०७३ फागुन ३ गते १४:३५ | Feb 14, 2017

काठमाडौं। संसारभरका प्रमिल जोडीहरु भ्यालेन्टाइन्स डेमा रमाइरहेका छन् ।  यस्तो स्पेशल डे मा पनि कोही साथी नपाएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्। तपार्इंले घरमा बसी बसी आफ्नो भ्यालेन्टाइन पार्टनर खोज्न सक्नुहुनेछ।

Tata
GBIME
Nepal Life

जोडी हुनेहरुका लागि त  ठिकै छ तर यदि तपाई सिंगल हुनुहुन्छ भने तपार्इंले मोवाइल एपमार्फत साथी खोज्न सक्नुहुनेछ।
 
१.  ओकेक्युपिड
ओकेक्युपिड नामको यस एपमार्फत तपाईं ले आफ्नो निकटको सम्भावित पार्टनरको प्रोफाइल हेर्न सक्नुहुन्छ। तपाईंले फोटो हेरेर या तिनको बारेमा जानकारी लिएर आफ्नो रोजाईको पार्टनर पत्ता लगाउन सक्नुहुन्छ।

यस एपमा प्रोफाइल बनाएर तपाईंले आफ्नो जानकारी दिनुपर्छ। ‌एपको फ्रि प्लान अनुसार तपाईले थोरै मानिससँगमात्र च्याट गर्न सक्नुहुन्छ। त्यसैले सोचबुझ गरेर मात्रै मेसेज पठाउनुहोला।

टिंडर 
यो संसारको चर्चित डेटिङ एप मध्यको एप हो । टिंडरमा अन्य प्रयोगकर्ताको प्रोफाइलहरु चेक गर्न मिल्छ। तपाईले जसको प्रोफाइल लाइक गर्नुभयो तिनले पनि तपाईको प्रोफाइल लाइक गर्‍यो भने एकअर्काबीच कुरा गर्न सकिन्छ। यो एपले फेसबुकबाट प्रयोगकर्तालाई भेरिफाइ गर्छ।
 
३ कपल
यदि तपाई रिलेसनसिपमा हुनुहुन्छ भने यो एपले तपाईको भ्यालेन्टाइन डेलाई अझ स्पेसल बनाइदिन्छ। प्रयोगकर्ताले आफ्नो प्रेमी वा साथीलाई डाइरेक्ट फिडहरु हेर्नकालागि टुल दिएको हुन्छ जसका कारण उनीहरुले फोटो, मेसेज तथा व्यक्तिगत क्यालेन्डरहरु बनाउन मिल्छ। अझ यसमा तपाइको एनिभर्सरी तथा डेटहरुको मितिराख्न पनि मिल्छ।
 
 बंबल
यो एउटा रोमाञ्चक एप हो। यसमा महिलाले मात्र मनपरेको पुरुषलाई पार्टनरसिपकालागि पहल गर्नसक्छन्। प्रयोगकर्ताले आफ्नो पार्टनरलाई २४ घण्टाभित्र मेसेज गर्नुपर्छ। नत्र प्रयोगकर्ताले मौका गुमाउनेछन्। प्रत्येक दिन नयाँ कनेक्सन बनाउने मौका मिल्छ। यसमा भाइब नामको फिचर पाइन्छ। जसकारण पार्टनर खोज्ने सम्भावना बढ्छ।
 
हट अर नट
हट अर नट यस्तो एप हो जसबाट तपाईले आफ्नो नजिकको हट पार्टनर पत्ता लगाउन सक्नुहुन्छ। यसकालागि फेसबुकमार्फत राम्रो फोटो प्रयोग गरी साइन इन गर्नुपर्छ। एपले तपाईको मोबाइल नम्बर माग्छ र आसपासका मानिसहरुमा मेसेज पठाउन अनुमति माग्छ। यसरी तपाईंले हट पार्टनर पत्ता लगाउन सक्नुहुन्छ।

६ लेट्स डेट
तपाई जवान हुनुहुन्छ र भ्यालेन्टाइन डे मा कोही साथीसँग डेट गर्न पाउनुभएन भने तपार्इंको मनमा पक्कैपनि नराम्रो लागिरहेको हुन्छ। जसमा तपाईंले विभिन्न बाहाना बनाएर सामाजिक सञ्जाल वा अन्य माध्ययमवाट मनको भाव पोखिरहनुभएको हुन्छ।

यो एप आइफोन प्रयोगकर्ताकालागि बनाइएको एप हो। यसले तपाइको फेसबुक अकाउन्टमा एप भएको ठाउँमा  देखिन्छ। त्यसमा गएर तपाईंले आफ्नो व्यक्तिगत प्रोफाइल फेसबुकसँग लिंक गरेपछि तपाइसँग कोको इन्ट्रेस्टेड छन् भनेर साथी खोज्दिन थाल्छ।

त्यसमा कसैले तपार्इंको वालमा भएको लेट्स डेटलाई लाइक गर्यो भने तपाइले साथीसँग कुरा गर्न सक्नुहुन्छ। एजेन्सीहरुको सहयोगमा