बैंकले ऋण रोकेका बेला नौ जना पूर्वगभर्नर एकै ठाउँमा किन भेला भए? गभर्नर नेपालले गरे सम्मान

बिजमाण्डू
२०७३ फागुन ४ गते १८:०४ | Feb 15, 2017
बैंकले ऋण रोकेका बेला नौ जना पूर्वगभर्नर एकै ठाउँमा किन भेला भए?  गभर्नर नेपालले गरे सम्मान

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए। विशिष्ट अतिथिमा राष्ट्र बैंकका पूर्वगभर्नरहरु निम्तालु थिए।

पैसा नभएर बैंकहरुले ऋण दिन बन्द गरेको पृष्ठभूमिमा फरक उद्देश्यका साथ डा. नेपाल र उनीभन्दा अगाडिका सबै गभर्नरहरु भेला भएका थिए।

मुक्तिनाथ विकास बैंकले काठमाडौंमा केन्द्रीय कार्यालय सारेर त्यसको उद्घाटन कार्यक्रममा राष्ट्र बैंकका गभर्नर र पूर्व गभर्नरहरुलाई बोलाएको थियो। बैंकले उनीहरुलाई सम्मानसमेत गर्यो।

कार्यक्रममा संस्थापक गभर्नर हिमालयन शम्शेर राणा, डा. भेषवहादुर थापा, गणेशवहादुर थापा, सत्येन्द्रप्यारा श्रेष्ठ, डा. तिलक रावल, दीपेन्द्र पुरुष ढकाल, विजयनाथ भट्टराई, दीपेन्द्रवहादुर क्षेत्री,  डा. युवराज खतिवडा उपस्थित थिए। कामु गभर्नरका रुपमा नेपाली नोटमा हस्ताक्षर गरेका कृष्णवहादुर मानन्धर निम्तालु भए पनि आएनन्।

राष्ट्र बैंकका पूर्व क्याडर तथा धितोपत्र वोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले राष्ट्र बैंकका सबै अग्रजहरु एकै ठाउँमा भेला हुँदा खुसी लागेको मन्तव्य नै दिए। गभर्नर नेपालले पनि अग्रजहरुसँग एकै ठाउँमा भेट भएको खुसी लागेको बताए।