सबैभन्दा बढी नाफा कमाउने नेपाल टेलिकममा जागिरको अवसर, टेलिकमले माग्यो डेढ सय कर्मचारी

बिजमाण्डू
२०७३ फागुन ८ गते १०:४९ | Feb 19, 2017
काठमाडौँ । नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारीको लागि जागिर खोलेको छ।
 

नेपाल टेलिकमले सूचना जारी गरी विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको हो। निगमले खुल्लातर्फ ८९, महिला २४, आदिवासी/जनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल १ सय ५५ जनालाई जागिर खुलाएको हो।
 
काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यकाबाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिने छ। दरखास्त फारम आजको मितिबाट ३० दिनको लागि रहेको छ।

Tata
GBIME
Nepal Life