काठमाडौँ। एनआइडिसी डेभलपमेन्ट बैंकले अागामी चैत चार गते साधारणसभा बोलाएको छ ।
साधारणसभाकालागि फाल्गुन २० देखि चैत्र ४ गते सम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ ।
आगामी साधारणसभामा मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकलाइ राष्ट्रिय बाणिज्य बैंकसंग मर्ज गर्ने निर्णय सरकारले यस अघिनै गरिसकेको छ ।
बैंकको हाल चुक्ता पूँजी ४१ करोड ५८ लाख रहेको छ । बैंकले गएको पुस मसान्तसम्म १३ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।