जगदम्बाको अल्ट्रा प्रिमियम ओपिसि सिमेन्ट नयाँ आवरणमा, लोगो,प्याकेजिङ र ट्रेडमार्क परिवर्तन

बिजमाण्डू
२०७३ फागुन ९ गते १६:०१ | Feb 20, 2017

 काठमाडौं। जगदम्बा सिमेन्टको अल्ट्रा प्रिमियम ओपिसि सिमेन्ट नयाँ आवरणमा बजारमा आएको छ ।

१५ वर्ष पुरानो ब्राण्ड जगदम्बाको  अल्ट्रा प्रिमियम ओपिसिको लोगो, प्याकेजिङ, ट्रेडमार्क र विज्ञापन समेत परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले अल्ट्रा ओपिसि अझ बढी गुणस्तरीय र समय सापेक्ष रुपमा परिष्कार गरी बजारमा ल्याइएको जानकारी दिएको छ ।

कम्पनीले सामान्य घरदेखि ठूला परियोजनाहरुमा समेत प्रयोग हुँदै आइरहेको अल्ट्रा सिमेन्टले सबै मापदण्ड पुरा गरेको र गुणस्तरीयताको लागि ढुक्क हुन समेत उपभोक्तालार्इ आग्रह गरेको छ ।

अल्ट्रा ओपिसिले एन एस ४९, आइएसओ ९००१:२००८, आइएसओ ९००१:२०१५ र आइएसओ १४००१:२०१५ एनएस क्वालिटी अवार्ड मा लेटर अफ एप्रिसिएसन २०१४ र २०१५ बाट समेत सम्मानित भएको कम्पनीले जनाएको छ ।