सुरुवातको ५० दिनमै फोरजीका ग्राहक साढे ४ लाख, थप १५ सहरमा विस्तार गर्ने टेलिकमको तयारी

बिजमाण्डू
२०७३ फागुन १० गते १३:४१ | Feb 21, 2017
सुरुवातको ५० दिनमै फोरजीका ग्राहक साढे ४ लाख, थप १५ सहरमा विस्तार गर्ने टेलिकमको तयारी

काठमाडौं। सेवा सुचारु गरेको एक महिना २० दिनको अवधिमा नेपाल टेलिकमका पोष्टपेड ग्राहकको संङ्ख्या चारलाख ६० हजार पुगेको छ। टेलिकमले पुष १७ गतेदेखि पोष्टपेडमा र माघ २२ गतेदेखि प्रिपेड मोवाइलका ग्राहकलाई फोरजी सेवा सञ्चालन गरेको थियो।

सबैभन्दा धेरै प्रिपेड मोवाइलमा तीनलाख ९५ हजार र पोष्टपेडमा ६५ हजार ग्राहक पुगेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्।

Tata
GBIME
Nepal Life

बैद्यले प्रिपेड सिमबाट फोरजी चलाउनेको संख्या पनि कम रहेको र फोरजी सेवा सञ्चालन गर्ने प्रयोगकर्ता पनि कम नै रहेको बताइन।

टेलिकमले पोष्टपेडमा फोरजी सेवा दिएको एक महिनापछि मात्र प्रिपेडमा फोरजी सेवा उपलब्ध गराएको थियो। उनले प्रिपेडका प्रयोगकर्ता धेरै भएको र सेवा सञ्चालन गर्ने पनि धेरै रहेको बताइन्।
 
थप स्थानमा फोरजीका लागि टेन्डरको तयारी

त्यस्तै टेलिकमले देशका अन्य शहरमा पनि फोरजी सेवा सञ्चालनका लागि बोलपत्र माग गर्ने तयारी गरेको छ। टेलिकमले काठमाडौं र पोखरावाहेक थप १५ वटा उप महानगरपालिका तथा नगरपालिकामा फोरजी सेवा सञ्चालनका लागि टेन्डर माग गर्न लागेको बैद्यले बताइन्।
त्यसका लागि टेलिकमको प्राविधिक टोलीले गृहकार्य गरिरहेको उनले बताइन्।

फोरजीकालागि उपयुक्त मानिएका शहरहरुको पहिचान र सम्भाव्यताको अध्ययन भइरहेको उनले जानकारी दिइन्।  टेलिकमले विर्तामोड, विराटनगर, इटहरी, धरान, जनकपुर, दोलखा, हेटौंडा, भरतपुर, बुटवल, भैरहवा, नेपालगन्ज  धनगढी लगायत १५ उपमहानगरपालिका र नगरपालिकामा फोरजी सेवा विस्तारको तयारी गरिरहेको हो। यसकालागि  एक अर्ब रुपैयाँभन्दा धेरै रकम लाग्ने प्रारम्भिक अनुमान  छ।

हाल काठमाडौं उपत्यकामा चलेको फोरजी सेवा बनेपा र धुलिखेल आसपाससम्म चलिरहेको र उक्त स्थानमा पनि चाँडै नै पूर्ण रुपमा फोरजी चल्ने उनले बताइन्। त्यस्तै धेरै जिल्लाबाट फोरजीकालागि माग भएको त्यो माग सम्वोधनकालागि पनि चाँडै सेवा सञ्चालनको तयारी गरेको उनले जानकारी दिइन्।