भारु ५०० र १००० का नोट सटही अब के होला? बजेट र मौद्रिक नीति दुबैको मध्यावधि समिक्षा मौन

बिजमाण्डू
२०७३ फागुन १० गते २१:०५ | Feb 21, 2017
काठमाडौँ । नेपालमा रहेका प्रतिबन्धित भारु ५०० र १००० का नोट के हुन्छन् भन्ने अन्यौल अझै लम्बिएको छ। सोमबार र मंगलबार सार्वजनिक भएका क्रमशः बजेट र मौद्रिक नीतिको मध्यावधि समिक्षा यसबारे मौन छन्। 
 
नोट सटही मात्र होइन नेपालको बैदेशीक ब्यापारमा भारतको हिस्सा दुई तिहाइ रहेको कारण नोटबन्दीले अर्थतन्त्रमै प्रभाव पार्ने अर्थशास्त्रीहरुले बताउँदै आएका छन्। तर, सरकारले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।
 
मौद्रिक नीति समिक्षामा यसबारे पत्रकारले प्रश्न उठाए पनि नेपाल राष्ट्र बैंकका गभर्नर डा.  चिरजिंवी नेपालले कुनै जवाफ दिएनन्। सोमबार अर्थमन्त्रालयमा पत्रकारसँगको अनौपचारिक कुराकानीमा भने उनले नोट सटही बारे गृहकार्यका लागि भारतका सरकारका दुई जना प्रतिनिधि नेपाल आउन लागेको बताएका थिए।
 
'भारु नोट हामी नभइ भारत सरकारले प्रचलनमा ल्याएको हो, उनले भनेका थिए- आफुले छापेका र खारेज गरेका नोट संकलनमा उतैको सरकारको बढि सरोकार छ।' आफुहरुले कुटनीतिक माध्यमबाट पहल जारी राखेको समेत उनले बताएका थिए। 
 
भारु सटहीका लागि भारतले आफ्ना जनतालाई दिएको म्याद सकिए पनि नेपालमा रहेका नोट साटिने विश्वास सरकारी अधिकारीले त्यागेका छैनन्। नेपालमा बैंकिङ प्रणालीमा साढे तीन करोड हाराहारी भारु ५०० र १००० का नोट रहेका छन्।
 
त्यस बाहेक सीमा क्षेत्र र भारतमा काम धेरै काम गर्न जाने सूदुर पश्चिमका सर्वसाधारणसँग रहेको रकमको कुनै तथ्याङ्क छैन। भारत सरकारले एक जना बराबरका २५ हजारभारु सम्म बोक्न अनुमति दिएको हुँदा त्यति पैसा साटिदिन अनुरोध गरेको सरकारी अधिकारीले बताउँदै आएका थिए।
 

Tata
GBIME
Nepal Life