नेपाल इजरायल चेम्बर अफ कमर्सको अध्यक्षमा शिशिर भट्ट, इजरायलको लगानी भित्र्याउन पहल गर्ने

रासस
२०७३ फागुन ११ गते १०:४५ | Feb 22, 2017
काठमाडौ। नेपाल र इजरायलबीच व्यापार, लगानीलगायतका आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ । 
 
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संस्थाको औपचारिक  गरे। उनले भूकम्पको क्रममा इजरायलले उद्धार, राहत वितरण तथा घाइतेको उपचारका लागि गरेको सहयोग नेपाली जनताको मनमा बसेको भन्दै सराहना गरे।
 
इजरायलले भूकम्पको समयमा देखाएको सहयोग तथा सद्भावले दुई देशबीचको सम्बन्ध दीर्घकालीन र चीरस्थायी रहेको तथा साझा चासो र मुद्दामा एकै स्थानमा रहने गरेको उल्लेख गरे।
 
इजरायलले नेपाली युवालाई कृषि क्षेत्रको तालिम तथा अन्य रुपमा गरेको सहयोग उल्लेखनीय रहेको भन्दै परराष्ट्रमन्त्री डा महतले त्यसबाट नेपालले  फाइदा प्राप्त गरेको र सीप पनि भित्रिएको बताए।
 
इजरायल नेपाली कामदारका लागि महत्वपूर्ण गन्तव्य रहेको उल्लख गर्दै मन्त्री डा महतले थप सहयोगका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।
 
नेपाल इजरायल चेम्बर अफ कमर्सको नवगठित समितिको अध्यक्षमा शिशिरकुमार भट्ट, उपाध्यक्ष रविचन्द्र सिंह, महासचिव जेआर (सागर) थापा, कोषाध्यक्ष हेमन्त गोल्छा तथा सदस्यहरुमा शैलेन्द्रकुमार श्रेष्ठ, सन्दीपकुमार शारदा र सुदीप आचार्य छन्।
 

Tata
GBIME
Nepal Life