नागवेली सर्कलमा शेयर बजार, खुलेदेखिनै तीब्र उतारचढाव, कारोबार रकम पनि हिजो भन्दा न्यून

बिजमाण्डू
२०७३ फागुन ११ गते १३:५० | Feb 22, 2017
काठमाडौँ । बुधबार शेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। १३५७ अंकमा खुलेको बजार १५ मिनेटमा १ अंकले बढेको थियो। त्यसपछि तीब्र ओरालो लागेर १९३८ अंकसम्म झर्यो। सवा १२ बजे फेरि फर्किएको बजार एक घण्टामा बिहान खुलेको बिन्दुमा पुगेपछि फेरि ओरालो लागेको छ। 
 
पौने दुई बजेसम्ममा बजार ११ अंकले घटेर १३४६ अंकमा झरेको छ। 
 
सोमबार र मंगलबारको तुलनामा आज कारोबार रकम समेत घटेको छ। अहिले सम्म २१ करोड रुपैयाँको मात्र कारोबार भएको छ। हिजो दुई घण्टामै झन्डै ३० करोड रुपैयाँको कारोबार भएको थियो।
 
बजारमा किन्ने र बेच्चे लगानीकर्ता लगभग समान देखिएका छन्। किन्नेले मूल्य तल राखेका छन् भने बेच्नेहरु केही माथिको मूल्य कोट गरेर बसि रहेको मार्केट डेप्थमा देखिन्छ। अहिलेसम्म विकास बैंक र फाइनान्स बाहेक सबै सूचक ओरालो लागेका छन्।

Tata
GBIME
Nepal Life