पर्यटन बोर्डले विराटनगरमा विशेष फोटो प्रदर्शनी गर्ने, पर्यटकीय स्थलबारे १ सयवटा फोटो समावेश

बिजमाण्डू
२०७३ फागुन ११ गते १५:१९ | Feb 22, 2017

काठमाडौं। नेपाल पर्यटन बोर्डले हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि तीन दिनसम्म आयोजना गर्दै आएको फोटो प्रदर्शनी अन्तर्गत यो पटक विराटनगरमा  विशेषा प्रदर्शनी हुने भएको छ ।

Tata
GBIME
Nepal Life

फोटो प्रदर्शनी 'फोटोनेपाल'को विशेष प्रदर्शनी विराट महोत्सवको अवसरमा फागुन १२ देखि १७ गतेसम्म हुने पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए। पर्यटकीय स्थलको बारेमा डकुमेन्ट्री तथा एक्सप्लोर गर्ने 'घुमन्ते समूह'सँगको सहकार्यमा हुने विशेष प्रदर्शनीमा एकसयवटा फोटो समावेश हुने छ।
 

मार्च महिनाको 'फोटोनेपाल' फागुन २० दखि २२ गते अनलाइन फोटो प्रतियोगितामा सहभागी ५० वटा उत्कृष्ट तस्वीरहरु नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रदर्शनी गरिने पर्यटन बोर्डले जनाएको छ।

यसपटकको प्रदर्शनी 'नेप्लिज इन फोटोग्राफ'सँगको सहकार्यमा गर्न लागिएको हो । फोटो मार्फत नेपालको पर्यटन प्रबर्द्धन गर्नु नै प्रर्दशनीको उद्देश्य रहेको सुवेदीले जानकारी दिए।

पर्यटन बोर्डमा घुमफिर भन्दा के सम्झनुहुन्छ भन्ने प्रश्नको उत्तर तस्वीरबाट खोज्न अनलाइन फोटो प्रतियोगिता एक महिनासम्म सञ्चालन गरिएको थियो । विराटनगरमा हुने फोटो प्रदर्शनीसँगै चलचित्र प्रदर्शनी, छलफल लगाएतका कार्यक्रमहरु पनि समावेश गरिएको उनले बताए।