सेन्ट्रल र भक्तपुर फाइनान्स मर्जका लागि राष्ट्र बैंकले दियो स्वीकृति, चुक्ता पूँजी ५२ करोड

बिजमाण्डू
२०७३ फागुन ११ गते १७:१२ | Feb 22, 2017

काठमाडौं।सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।दुर्इ संस्था गाभिएपछि चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ हुनेछ।

Tata
GBIME
Nepal Life

सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार र भक्तपुर फाइनान्स चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार छ।संस्थाको निक्षेप २ अर्ब ३६ करोड ७१ लाख र कर्जा लगानी २ अर्ब २३ करोड ९६ लाख हुनेछ।मर्जपछि संस्थाको नाम सेन्ट्रल फाइनान्स रहनेछ र केन्द्रीय कार्यालय ललितपुर रहने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड मर्जपछि हकप्रद र बोनश शेयर जारी गरेर पुर्याउने जनाएको छ।