शाइन रेसुङ्गाले मनायो ९ औं वार्षिकोत्सव, बुटवलमा सरसफाइ र बृक्षारोपण कार्यक्रम

बिजमाण्डू
२०७३ फागुन ११ गते १७:१९ | Feb 22, 2017

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वार्षिकोत्सवका अवसरमा सरसफाइ तथा बृक्षारोपण गरेको छ ।

Tata
GBIME
Nepal Life

बैंकले ९ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा सरसफाइ तथा वृक्षारोपण गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

ग्रीन सिटी क्लिन सिटी नाराका साथ बैंकले बुटवलको नयाँ बसपार्कदेखि मिलनचोकसम्म वृक्षारोपण गरेको हो । बैंकले रोटरी क्लब अफ बुटवल साउथसंगको सहकार्यमा वृक्षारोपण गरेको जनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सरोकारवालाहरुसँग छलफल समेत गरेको थियो ।

१ अर्ब १० करोड चुक्तापूँजी रहेको बैंकले २०७३ पुष मसान्तसम्ममा ९ अर्ब २० करोड निक्षेप परिचालन र ८ अर्ब १७ करोड कर्जा लगानी रहेको जनाएको छ । बैंकको संचालन मुनाफा २६ करोड ८ लाख रहेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

दशवटा जिल्ला कार्यक्षेत्र रहेको बैंकको २७ वटा शाखाहरु तथा २ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।