जियो आएपछि टेलिकम कम्पनीमा भूर्इँचालो, रिलायन्सदेखि भोडाफोनसम्म मर्जरमा हारगुहार

बिजमाण्डू
२०७३ फागुन १२ गते १२:४५ | Feb 23, 2017
जियो आएपछि टेलिकम कम्पनीमा भूर्इँचालो,  रिलायन्सदेखि भोडाफोनसम्म मर्जरमा हारगुहार
नयाँदिल्ली।भारतमा जियो आएपछि टेलिकम बजारमा भूइँचालोनै आएको छ।सित्तैमा सेवा दिएकै कारण केही महिनामै जियोका ग्राहक १० करोड पुगिसकेको छ।

Tata
GBIME
Nepal Life

अब जियोले आफ्ना ग्राहकलार्इ पैसा दिन आग्रह गरिरहेको छ।तर जियो आएपछि टेलिकम बजारमा धेरै परिवर्तन आएको छ।जियो आएपछि अरु टेलिकम कम्पनीमा संकट आइसकेको छ।जियो आएपछि भारतीय टेलिकम बजारमा पाँच ठूलो परिवर्तन देखिएको छ।
 


सस्तो डेटा
जियो आएपछि मोबाइल प्रयोगकर्ताका लागि डेटा सस्तो भएको छ।जियो आउनुअघि एक गिगावाइट डेटाको अढार्इ सय भारु थियो र त्यसको समयाअवधि २८ दिनको हुन्थ्यो।तर जियो आएपछि सित्तैमा डेटा दिएर सबै ग्राहक आफ्नो तिर तान्यो र अहिले ३ सय ३ भारुमा सबै सेवा पाउने अवस्था सिर्जना गरेको छ।भारतको कुनै पनि नेटवर्कमा फोन गर्दा सित्तै हुन्छ भने डेटा प्रयोगको कुनै सीमा तोकिएको छैन।यो अफर एक वर्षको लागि मान्य रहनेछ।
 

डेटा र भ्वाइसमा फरक छैन


टेलिकम कम्पनीले भ्वाइसमा कल गर्दा पैसा लिने योजना समाप्त हुने अवस्थामा पुगेको छ।जियोले फोन कल र डेटा दुबैको एउटै योजना ल्याएर टेलिकम क्षेत्रमा नयाँ मोडल प्रस्तुत गर्यो।यसले भ्वाइस कल गर्न पैसा लिने योजना संकटमा पर्यो।विश्वभरीनै टेलिकम कम्पनीले यो योजना दिएका छन् त्यही अनुशरण गरेर सबै टेलिकम कम्पनीलार्इ त्यतै धकेल्न बाध्य पार्यो।
 
मोबाइल सेटमा परिवर्तन


जियो आएपछि स्मार्टफोनको सेट उत्पादनमै परिवर्तन हुन थालेको छ।जियो लन्च भएपछि स्मार्टफोन कम्पनीले फोरजी सेट बनाउने क्रम तीब्र भएको छ।यो सेटमा भ्वाइस कल गर्दा डेटाको रुप लिन्छ र यसले धेरै नेटवर्कमा धेरै व्यक्तिले फोन गर्न पाउँछन्।
 
नेटवर्कमा पैसा खर्च गर्दै टेलिकम कम्पनी
मोबाइल सर्भिस दिने सबै कम्पनीले फोरजी वोल्ट सेवामा जान पैसा खर्च गर्न बाध्य भएका छन्।एयरटेल,भोडाफोन र आइडियाले आफ्नो नेटवर्क अपग्रेड गरिरहेका छन्।

यो अपग्रेडपछि सबै फोरजी सेटमा यी टेलिकम कम्पनीले सेवा दिनसक्नेछन्।अहिले धेरैजसो जियोको नेटवर्कमा मात्रै यो सेटले काम गरेको छ।अब नेटवर्क खर्च नगरी जियोसँग प्रतिस्पर्धा गर्न कठिन भइसकेको छ।

 
साना कम्पनीको भबिष्य समाप्त 
जियोको प्रवेशसँगै साना टेलिकम कम्पनी अघि बढ्ने सम्भावना करिब समाप्त भएको छ।त्यसैले एमटिएल,रिलायन्स कम्युनिकेशन र एयरसेलले संयुक्त रुपमा अघि बढ्न छलफल थालेका छन्।

भोडाफोनले आफ्नो शेयर भारतीय शेयर बजारमा सूचीकरण गराउने योजना बनाएको छ।भोडाफोन र आइडिया मर्ज हुने योजना समेत बनेको छ।

 
सरकारी कम्पनीको हालत झन् खराब


जियो आएपछि सरकारी टेलिकम कम्पनी एमटिएनलको हालत झन् खराब भएको छ।अब कर्मचारीलार्इ तलब दिन समेत ऋण लिनुपर्ने अवस्थामा पुगेको छ।विएसएनएलले ग्राहकसँग पैसा ल्याउन विभिन्न योजना ल्याइरहेको छ तर ग्राहकले पत्याएका छैनन्।