शिवरात्रीको अवसरमा टेलिकमको डेटा अफर, १०० एमबी लिँदा १०० एमबी नै फ्रि

बिजमाण्डू
२०७३ फागुन १२ गते १८:०२ | Feb 23, 2017

काठमाडौं। नेपाल टेलिकमले शिवरात्रीको अवसरका टेलिकमका ग्राहकलाई नयाँ डेटा अफर ल्याएको छ। डेटा धेरै प्रयोग गर्ने फोरजीका ग्राहकलाई लक्षित गर्दै टेलिकमले योजना सार्वजनिक गरेको हो। 

Tata
GBIME
Nepal Life


टेलिकमले अफरमा 'डेटा बन्डल प्याकेज'  अन्तर्गत ७५ रुपैयाँमा १०० एमबी डेटा र बोनसको रुपमा १०० एमबी नै यु ट्युव डेटा प्याक उपलब्ध गराइएको छ।

यो डेटा १५ दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ।

यस्तैगरी १५० रुपैयाँमा २०० एमबी डेटा र बोनसको रुपमा २०० एमवी नै युट्युव डेटा प्याक उपलब्ध गराइएको छ ।

यी दुवै डेटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

प्रयोगकर्ताले डेटा प्याक प्राप्त गर्न १०० एमबीको लागि यु १०० र २०० एमबीकालागि यु २०० टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ।

यस्तै फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनको अवधिका लागि १०० एमबी फेसबुक प्याकेज पनि उपलब्ध गराएको छ। यो प्याक प्राप्त गर्न फेसबुक टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने हुन्छ।

यो फेस्टिभल अफर  फागुन १३ देखि २७ गतेसम्म लागू हुने र उल्लिखित शुल्कहरु करसहितका रहेको टेलिकमले जनाएको छ।

उपभोक्ताहरुलाई सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीति अनुसार टेलिकमले शिवरात्रीको अवसरमा फेस्टिभल अफर ल्याएको जनाएको छ।