प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासन गर्न अनुमति पायो, दुई कित्ता हुनेलाई एक कित्ता शेयर

बिजमाण्डू
२०७३ फागुन १३ गते १२:५७ | Feb 24, 2017

काठमाडौँ । प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ। प्रभु इन्स्योरेन्सले साबिक दुई बराबर एक हकप्रद शेयर निस्कासन गर्न अनुमति पाएको हो।

Tata
GBIME
Nepal Life

प्रभुले १९ करोड २५ लाख सात हजार नौ सय रुपैया बराबरका १९ लाख २५ हजार ७९ कित्ता शेयर निस्कासन गर्न लागेको हो। शेयर निस्कासनका लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ।

प्रभुको हाल चुक्ता पूँजी ३८ करोड ५० लाख १६ हजार रहेको छ। कम्पनीले पुस मसान्तसम्म दुई करोड ९२ लाख खुद मुनाफा गरेको छ। कम्पनीले गएको बर्सको मुनाफाबाट १७ प्रतिशत बोनश शेयर दिएको थियो। १७ प्रतिशत बोनश पश्चात चुक्ता पुजी ४५ करोड नाघ्ने छ। कम्पनीको प्रति शेयर आम्दामी १५.१७ रुपैयाँ छ।